पोखरा । मनकामना केवलकार पोखरा कप प्रतियोगिताको उपाधिका लागि अहिले विभागीय टिम एपीएफ र क्यामरुनको दाउफिन्स फेमेलिबीच प्रतिस्पर्धा भैरहेको छ ।
पोखरा रंगशालामा पहिलो हाफको खेल सकिदाँ दुबै टोली गोल गर्न सकेका छैनन् । खेलमा बल पोजिसनमा क्यामरुनको दाउफिन्स बलियो देखिएको छ ।
दुबै टिम मोफसलको प्रतियोगितामा पहिलो उपाधिको खोजीमा रहेका छन् । दुबै टोली पहिलो पटक मोफसलको प्रतियोगितामा फाइनल पुगेका हुन् । सहिद स्मारक लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको २४ घण्टा पनि वित्न नपाउँदै दाउफिन्स फाइनल खेल्न लागेको हो ।
विदेशी टोली दाउफिन्सले भ्याली च्यासल युथ, त्रिभुनव आर्मी र मनाङलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
एपीएफले हिमालयन शेर्पा, थ्री स्टार र जापानको रिस्सो विश्वविद्यालयलाई हराउँदै फाईनल पुगेको हो ।
प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार पाउने छ । यस्तै उपविजेता टिमले ४ लाख ५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियागितामा दुई विदेशी क्लब र ए डिभिजन क्लब सहित ११ टिमको सहभागिता रहेको थियो ।