एजेन्सी । तेश्रो टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली न्युजिल्याण्डले पाहुना टोली भारतलाई २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ह्यामिल्टनमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर २ सय १२ रन बनाउन सक्यो ।
न्युजिल्याण्डका लागि कोलिन मुन्रोले ७२ रनको अर्धशतकीय इनिङस खेले । भारतका कुलदिप यादवले २ तथा हार्दिक पाण्डेया र भुवनेश्वर कुमारले समान १–१ विकेट लिए ।
तीन खेलको टी–ट्वान्टी सिरिजमा पहिलो खेल न्युजिल्याण्डले ८० रनले जितेको थियो ।
दोश्रो खेलमा भारतले ७ विकेटको जित निकाल्दै सिरिज बराबरी गरेको थियो ।
घरेलु टोली न्युजिल्याण्डविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज भने भारतले ४–१ ले जितिसकेको छ ।