एजेन्सी । ईङ्लिस प्रियिमर लिग फुटबलमा आज (आईतबार) दुई खेल हुदैछ । शीर्ष स्थानमा उक्लिने लक्ष्यका साथ म्यान्चेष्टर सिटीले चेल्सीसंग प्रतिस्पर्धा गर्दैछ । अर्को खेलमा टोटेनहमले लेस्टर सिटीसंग खेल्नेछ ।
लण्डन क्लब चेल्सीविरुद्व उत्रदै गर्दा म्यान्चेष्टर सिटी आफ्ना मुख्य दुई खेलाडी मैदान उतार्न चाहन्छ । आक्रमक मिडफिल्डर केभिन डि ब्रोएनसंगै रहिम स्टर्लिङको उपस्थिती सिटीले आश गरेको छ ।
गत बुधबार भएको खेलमा सिटीले दुवै खेलाडीलाई बैकल्पिक टोलीमा समावेश गरिएको थियो ।
बेन्जामिन मेन्डे, भिसेन्ट कोम्पनी र गोलकिपर क्लाउडियो ब्राभोले घरेलु मैदानमा चेल्सीविरुद्वको खेल गुमाउनेछन् ।
यता चेल्सीका सेन्टर डिफेन्डर एन्टोनियो रोडिजर मैदान फर्कन सक्ने सम्भावना उत्तिकै छ । ग्यारी काहिलले सामान्य चोटका कारण महत्वपुर्ण खेल गुमाउनेछन् ।
सिटी म्यानेजर पेप ग्वार्डिला भन्छन्, 'मलाई थाहा छ, चेल्सी के गर्न चाहन्छ र त्यो उनीहरुले गरिरहेका छन् । राम्रो टिम, आक्रमक र रक्षात्मकले उनीहरुलाई थाहा छ, उनीहरु के गर्नका लागि गईरहेका छन् । यो हाम्रा लागि अन्तिम हो । हामी त्यसरी खेल्न पर्छ । हामी एउटा त्यस्तो खेल खेल्न गईरहेका छौ । हामी यसलाई अस्विकार गर्न सक्दैनौ । केही दिन अगाडी हामी सात अंक पछाडी थियौ ।'
चेल्सी प्रशिक्षक माउरिजियो सर्री भन्छन्, 'अहिलेको अवस्थामा सिटी युरोपको उत्कृष्ट टोली हो । उनीहरु हरेक क्लबकालागि उदाहरणिय छन् । हामीले काम गर्न आवश्यक छ । ग्वार्डिओलाका लागि यो तेस्रो सिजन हो । क्लोप चौथो र पाँचौ सिजनमा छन् । तर हामीलाई काम गर्न आवश्यक छ । हामीलाई अर्को बाटो थाहा छैन ।'
चेल्सीविरुद्व जित निकाल्न सफल भए सिटीले शीर्ष स्थानमा पुनरागमन गर्नेछ । दोस्रो स्थानको सिटीको ६२ अंक छ । शीर्ष स्थानको लिभरपुलको ६५ अंक छ । चेल्सी ५० अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।
आजै रात हुने अर्को खेलमा टोटेनहम र लेस्टर भिड्नेछन् ।
टोटेनहम ५७ अंक सहित तेस्रो स्थानमा छ । लेस्टर ३२ अंक सहित १२ औ स्थानमा छ ।