एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले बोर्डुअक्सलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन एडिनसन काभानीले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा काभानीले पेनाल्टीमा निर्णयक गोल गरेका थिए ।
जितसंगै पिएसजीले २२ खेलबाट ५९ अंक जोडेको छ । र, दोस्रो स्थानको लिली भन्दा १३ अंकले अघि छ ।
घरेलु मैदानमा साँघुरो जित निकालेपनि पिएसजीलाई खेलाडी चोटले सताएको छ ।
बोर्डुअक्सविरुद्ध पिएसजीका थोमस म्युनिर घाइते भएका छन् । उनले च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेल गुमाउने सक्ने बताईएको छ ।