ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा आज समूह बी अन्तर्गतका दुई खेल हुदैछ ।
पहिलो खेलमा ब्रिगेट ब्वाईज तथा मोरङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्लेक्समा खेल दिउँसो साढे १ बजे सुरु हुनेछ ।
मोरङ आजको खेलमा जित निकाल्दै नकआउट चरणको नजिक पुग्न चाहन्छ । क्वार्टरफाईनलको यात्रा तय गर्न ब्रिगेट ब्वाईजलाई आजको खेल जित्नैपर्ने दबाब छ ।
अर्को खेलमा जवलाखेल युथ क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह ४ बजे सुरु हुनेछ । क्वार्टरफाईनलको यात्रा तय गर्न पुलिसलाई जित्नैपर्ने दबाब छ । पहिलो खेलमा बराबरी खेलेको जावलाखेल समेत तीन अंक जोड्ने दाउमा हुनेछ ।
यस्तो छ अंक गणित-
मोरङले पहिलो खेलमा पुलिसलाई १–० ले हराएको थियो । मोरङले ३ अंक बटुलेको छ । ब्रिगेट ब्वाईजले पहिलो खेलमा जाउलाखेलसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । पहिलो खेलमा पराजित पुलिस अंक विहिन छ । जावलाखेलले तालिकामा एक अंक जोडेको छ ।