पाेखरा । मनाङ मस्र्याङ्दीलाई हराउँदै क्यामरुनकाे दाउफिन्स मनकामना केबलकार पोखरा कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । मनाङलाई सडनडेथमा पराजित गर्दै क्यामरुनको दाउफिन्सले एपीएफसंग उपाधि भिडन्त पक्का गरेका हाे।
पोखरा रंगशालामा निर्धारित र अतिरिक्त समयकाे खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो । जसमा क्यामरुनकाे क्लबले बाजी मार्यो ।
क्यामरुनका लागि विइक, प्रिसन दाजंगा, अरियल इनामे, यान्निक ओवना, जो अनुगुला गोल गरे । सिलो म्याट्रिकाे प्रहार बाहिरिएकाे थियाे ।
यस्तै मनाङका लागि सुजल श्रेष्ठ, अन्जन विष्ट, कमल श्रेष्ठ र हेमन गुरुङको पेनाल्टी प्रहार सफल रह्यो । सुरज विश्वकर्माको प्रहार पोलमा लाग्दै बाहिरियो भने विमल रानाको पेनाल्टी बाहिरियो ।
खेलको ६६ मिनेटमा दाउफिन्सले खेलमा अग्रता बनाएकाे थियो । कमल श्रेष्ठकाे आत्मघाति गाेलले दाउफिन्सले अग्रता बनाएकाे थियाे । प्रवेश कुँवरले त्यसलाई रोक्न प्रयास गरेपनि सफल हुन सकेन ।
खेलको ८१ मिनेटमा मनाङ खेलमा फर्कियो । उसका लागि विदेशी खेलाडी आफिज ओलावालेले उत्कृष्ट हेडिङ गोल गरे । अन्जन विष्टले मिलाएको हेड बलमा ओलावालले गोल गरेको थिए ।
प्रतियाेगिताकाे फाइनल खेल भाेली हुनेछ ।