काठमाडौं । हिरो गोल्डकप फुटबलमा नेपालको राष्ट्रिय महिला टिमविरुद्ध म्यानमारले दोस्रो गोल गरेको छ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा दोस्रो हाफको खेल चलिरहँदा म्यानमारले २-० को अग्रता बनाएको हो ।
पहिलो हाफमा एक गोल गरेको म्यानमारले खेलको ५२ मिनेटमा दोस्रो गोल थपेको हो । पहिलो हाफको ४४ औ मिनेटमा म्यानमारकी खिम मोई ओईले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी छिन् ।
प्रतियोगितामा आयोजक भारत सहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।