काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय कार्यसमितिका पदाधिकारीले सेवा सुविधा सहित तलबको व्यवस्था गर्न माग गरेका छन् । गत बैशाखमा भएको साधारण सभाबाट निर्वाचित भएर आएका केही पदाधिकारीले आफुलाई तलबको व्यवस्था हुनुपर्ने माग गर्दै नेतृत्वसमक्ष दबाब बढाएका छन् ।
निर्वाचित केही पदाधिकारीले विधान विपरित तलब सुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै नेतृत्वलाई दबाब दिएका छन् । एन्फाको बिधान अनुसार निर्वाचित पदाधिकारीले स्वयंसेवक भएर काम गर्नु पर्ने उल्लेख छ । निर्वाचित पदाधिकारीमध्ये उपाध्यक्षसहित, सहायक महासचिव लगायतका केही पदाधिकारीले तलब पाउनु पर्ने माग गरेको एन्फा स्रोतले जानकारी दिएको छ ।
यस्तै, एन्फाको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कार्यालयमा मध्यान्न साढे १२ बजे बस्ने बैठकमा विभिन्न एजेण्डामाथी छलफल हुदैछ ।
बैठकमा ए डिभिजन लिगको संरचना, कार्यसमिति विस्तार, एन्फाका समितिहरुको पुर्णता र विधान संशोधन लगायतका बिषयमा छलफल हुने एन्फा उपाध्यक्ष पंकज नेम्बाङले जानकारी गराए ।