काठमाडौं । हिरो गोल्डकप फुटबलमा नेपालविरुद्व म्यानमारले अग्रता लिएको छ । भारतको उडिसास्थित कालिङ्गा रंगशालामा पहिलो हाफको खेल सकिदाँ म्यानमारले १–० को अग्रता बनाएको हो ।
खेलको ४४ औ मिनेटमा म्यानमारकी खिम मोई ओईले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी छिन् । पहिलो हाफको अन्तिम समय समालिन नसक्दा नेपालले गोल ब्यहोरेको हो ।
खेलको सुरुवातमा एक पछि आक्रमण बुन्दै नेपालले म्यानमारलाई दबाबमा राखेको थियो ।
खेलको तेस्रो मिनेटमा म्यानमारले गोल गर्ने मौका बनाएकाे थियाे । नेपाली डिफेन्डरले किपर विट भएको अवस्थामा नेपाली डिफेन्डरले उत्कृष्ट बचाउ गरे ।
खेलको १० औँ मिनेटमा नेपाली गोलरक्षक एन्जिला तुम्बोप्पो सुब्वाले पोष्ट नजिकैबाट उत्कृष्ट सेभ गरिन् ।
खेलको ३१ मिनेटमा म्यानमारका खेलाडीले प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरिएकाे थियो ।
प्रतियोगितामा आयोजक भारत सहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।