पोखरा । मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको दाेस्राे सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र क्यामरुनको दाउफिन्स फेमेलीबीच प्रतिस्पर्धा भइरहेको छ ।
पोखरा रंगशालामा पहिलो हाफ सकिदाँ दुबै टोली बराबरीको स्थितिमा रहेका छन् ।
खेलमा पाएको मौका सदुपयोग गर्न नसक्दा दुबै टोलीले गोलको खाता खोल्न सकेका छैनन् ।
खेलको ३३ मिनेटमा मनाङका कलम श्रेष्ठको पासमा आलोवाले आफिजको उत्कृष्ट हेड क्यामरुनी गोलरक्षकले बचाए ।
दुबै टोली फाइनल प्रवेशका लागि मैदान उत्रने हुन् ।
विजेताले उपाधिका लागि २७ गते विभागीय टोली एपीएफसंग खेल्नेछ । जापानको रिस्सो विश्वविद्यालयलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै एपिएफ यस सिजन पहिलो पटक मोफसलको प्रतियागिताको फाइनल पुगेको हो ।
प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार पाउनेछ । यस्तै उपविजेताले ४ लाख ५ हजार प्राप्त गर्नेछ ।
प्रतियोगितामा ए डिभिजन क्लब र दुई विदेशी सहित ११ टिमको सहभागिता छन् ।