काठमाडौं । मनकामना केबलकार पोखरा कप फुटबलको दोस्रो सेमिफाईनलको खेल आज हुदैछ । फाईनल पुग्न घरेलु फुटबलको लोकप्रिय क्लब मनाङ मस्र्याङ्दी र क्यामरुनको दाउफिन्स फेमेली प्रतिस्पर्धामा छन् ।
दुवै क्लबको जर्सी एउटै रंगको देखिएपछि आयोजकले क्यामरुनको क्लबलाई जर्सी परिवर्तनको आग्रह गरेको थियो । तर दाउफिन्सले अतिरिक्त जर्सी ल्याउन सकेन । अनि फरक जर्सी नभएपछि आयोजक पोखरा ११ को जर्सी लगाएर दाउफिन्स मैदान छिरेको छ ।
दुवै टोलीको सेतो जर्सी देखिएपछि आयोजकले दाउफिन्सलाई अतिरिक्त जर्सी ल्याउन आग्रह गरेको थियो । तर मोफसलका प्रतियोगिता खेल्न नेपाल आएको दाउफिन्सले अतिरिक्त जर्सी ल्याउन सकेन ।
सोही कारण आयोजकको जर्सी लगाएर दाउफिन्सले पोखरा कपको दोस्रो सेमिफाईनलमा उत्रिएको छ ।