काठमाडौं । हिरो गोल्डकप खेल्न भारतमा रहेको नेपालको राष्ट्रिय महिला फुटबल टिमले प्रतियोगिताको आफ्नो पहिलो खेल आज खेल्दैछ । राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो खेल खेल्न नेपाली टिम रंगशालामा पुगेको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारसंग खेल्दैछ ।
उडिसाको भुवनेश्वरमा रहेको कालिङ्गा रंगशालामा नेपालले दिउँसो सवाँ ४ बजे म्यानमारसंग खेल्न लागेको हो । साफको तयारीमा रहेको नेपालले प्रतियोगितालाई कमजोरी सुधार गर्ने अवसरको रुपमा लिएको छ ।
यस्तै, प्रतियोगिताको सम्पुर्ण खेललाई लाईभ हेर्न सकिनेछ । आयोजक भारतीय फुटबल महासंघले प्रतियोगिताका सम्पुर्ण खेल हटस्टार एप्सबाट लाईभ हेर्न सकिने जनाएको हो । भारतले आयोजना गरेको प्रतियोगितामा नेपाल सहित भारत, म्यानमार र ईरान सहभागि छन् । सहभागि सबै देश विश्व वरियतामा नेपाल भन्दा माथि छन् ।
साफ र ओलम्पिकको दोस्रो चरणको छनोटका लागि भारतले प्रतियोगिताको आयोजना गरेको हो । श्रीलंकाले अन्तिम समयमा आएर प्रतियोगिता नखेल्ने जनाएपछि ईरानलाई अवसर मिलेको हो ।