काठमाडौं । बुढासुब्बा गोल्डकपको २१ औं संस्करण आज शनिबार सुरु हुदैछ । ईटहरी रंगशालामा हुने उद्घाटन खेलमा सिएमजी संकटा र मेची नेत्रालय ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै दुबै टोली सेमिफाइनल यात्रा गर्न चाहन्छन् ।
विजेता टिमले फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लब र क्यामरुनको दाउफिन्सबीचको विजेतासँग खेल्नेछ ।
धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी रहेका छन् । विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गर्नेछ ।
प्रतियाेगिताकाे सर्वोत्कृष्ट खेलाडीले होण्डाको स्कुटर प्राप्त गर्नेछ । सर्बाधिक गोलकर्ताले ३५ हजार पाउनेछ । प्रतियोगिताका विधागत तर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले नगद २५ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
यस्तै उदयमान खेलाडीले १५ हजार पाउनेछ । यस पटक आयोजकले गोल्डकप प्रतियोगिता हेर्न आउने एक भाग्यशाली दर्शकलाई एउटा बाइक प्रदान गर्ने आयोजकले बताएको छ ।
हेर्नुस प्रतियाेगिताकाे खेल तालिका :