एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज (शनिबार) राति ७ खेल हुदैछ । तालिकामा पछाडी परेको लिभरपुललाई शीर्ष स्थानमा पुनरागमन गर्ने अवसर प्राप्त छ । उसले घरेलु मैदान एनफिल्डमा वर्नेमाउथसंग प्रतिस्पर्धा गर्दैछ ।
मुख्य खेलाडी चोट मुक्त हुँदै मैदान फर्किएपछि लिभरपुललाई धेरै राहत मिलेको छ । जोर्डन हेन्डरसन, ट्रेन्ट एलेक्सजेन्डर लगायतका खेलाडी वर्नेमाउथविरुद्वको खेलमा मैदानमा देखिन सक्नेछन् ।
करिब दुई महिना लिभरपुलले प्रिमियर लिगको शीर्ष स्थान कब्जा गर्यो । लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप खेललाई लिएर निकै उत्साहीत छन् ।
'हामी निकै उत्साही छौ । हामीसंग स्थान सुधार गर्ने अवसर छ । यद्वपी हामी सहज अवस्थामा छौ ।' उनले भने, 'हामी यति मात्र भन्न चाहन्छौ । सिजन सकिएपछि हामी भन्न चाहन्छौ, हामीले सबै चिज दिएका थियौ ।'
आजै राति हुने अन्य खेलममा फुल्हमलले म्यान्चेष्टर युनाईटेडसंग र क्रिस्टल प्यालेसले वेस्ट ह्यामसंग प्रतिस्पर्धा गर्नेछ । हुडर्सफिल्डले आर्सनललाई आतिथ्यता प्रदान गर्दा कार्डिफ सिटी भने साउथह्याम्टनको भ्रमणमा निस्कनेछ ।
अन्य खेलमा वार्टफोर्डले एभर्टनसंग र ब्रिङटोनले वर्नलीसंग खेल्नेछ ।
म्यान्चेष्टर सिटी ६२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल समान अंक सहित दोस्रो स्थानमा छ । टोटेनहम ५७ अंक सहति तेस्रो स्थानमा रहदाँ लण्डन क्लब चेल्सी ५० अंक सहित चौथो स्थानमा छ ।