एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा रोमाले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा रोमाले पुछारको चिभोलाई ३-० गोल अन्तरले हराएको हो ।
चिभोको मैदानमा भएको खेलमा रोमालाई जित दिलाउन स्टेफहन इल शार्य, इडेन डेज्को र एलेक्सजेन्डर कोलारोभले एक एक गोल गरे ।
घरेलु टोलीविरुद्ध रोमाले खेलको नवौं मिनेटमा स्टेफहनको गोलबाट अग्रता बनाएको थियो । खेलको १८ औं मिनेटमा डेज्कोले गोल गर्दै रोमाको अग्रता २-० को बनाए । त्यसपछि खेलको ५१ औं मिनेटमा कोलारोभले गोल गर्दै रोमालाई ३-० को जित दिलाए ।
जितसंगै रोमा लिगको चौंथो स्थानमा उक्लिएको छ । रोमाले २३ खेलबाट ३८ अंक जोडेको छ । पराजित चिभो ९ अंक जोडेर लिगको पुछारमा छ ।
लिगमा लिग लिडर युभेन्ट्सको रहदा दोस्रो स्थानको नापोलीको ५१ र तेस्रो स्थानको इन्टर मिलानको ४० अंक छ ।