पोखरा । मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि आज (शनिबार) मनाङ मर्स्याङ्दी क्लब र क्यामरुनको दाउफिन्स फेमेलीबीच प्रतिस्पर्धा हुदैछ ।
पोखरा रंगशालामा हुने दोस्रो सेमिफाईनल खेल दिउँसो साढे २ बजे हुनेछ ।
दुबै टोली फाइनल प्रवेशका लागि मैदान उत्रने छन् ।
मनाङ र दाउफिन्स पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । मोफसलको प्रतियोगिता खेल्न दाउफिन्स टोली नेपाल आएको हो ।
मनाङ लगातार दोस्रो पटक मोफसलको प्रतियोगिताको फाइनल प्रवेश गर्न दाउमा हुनेछ । यसअघि मनाङ इटहरी गोल्डकपको फाइनल खेलको थियो । तर उपाधि भिडन्तमा विभागीय टिम आर्मीसंग चुकेको थियो ।
विजेताले उपाधिका लागि २७ गते विभागीय टोली एपीएफसंग खेल्नेछ । जापानको रिस्सो विश्वविद्यालयलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै एपिएफ यस सिजन पहिलो पटक मोफसलको प्रतियागिताको फाइनल पुगेको हो ।
प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार पाउनेछ । यस्तै उपविजेताले ४ लाख ५ हजार प्राप्त गर्नेछ ।
प्रतियोगितामा ए डिभिजन क्लब र दुई विदेशी सहित ११ टिमको सहभागिता छन् ।