एजेन्सी । ब्राजिलियन क्लबमा आगलागी हुदाँ १० जनाको मृत्यु भएको छ । राजधानी रियो दी जेनेरियोमा रहेको फ्लामेङ्गो फुटबल क्लबको एकेडेमीमा भएको आगलागीमा फुटबलर सहित १० जनाको मृत्यु भएको हो । ज्यान गुमाउनेमा ६ युवा खेलाडी र ४ कामदार रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनामा तीन जना युवा खेलाडी घाईते भएका छन् । जसमा एकको अवस्था गम्भिर छ ।
घटनाको कारण खुल्न सकेको छैन ।
फ्लामेङ्गो ब्राजिलको सबै भन्दा ठुलो क्लब हो । अन्तराष्ट्रिय रुपमा समेत क्लब प्रसिद्व छ । क्लब अहिले ब्राजिलका सिरि ए तालिकामा दोस्रो स्थानमा रहेको छ । क्लबले पाँच पटक लिग जितेको छ ।
ब्राजिली लिजेण्ड पेलेले क्लबका बिषयमा भनेका छन्, 'यो त्यस्तो ठाउँ हो । जहाँ युवा खेलाडीले आफ्नो सपना पुरा गर्ने गर्छन् ।'
'ब्राजिली फुटबलका लागि यो निकै दुखद दिन हो ।' उनले भनेका छन् ।
ज्यान गुमाउनेको पहिचान हुन सकेको छैन । तर युवा खेलाडी १४ देखी १६ बर्षको रहेको अनुमान गरिएको छ ।