धनगढी । शनिबारबाट सुरु हुने भनिएको तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) दुई दिन पछि सरेको छ ।
बर्षाको कारण शनिबारबाट तय भएको खेल दुई दिन पछि सारिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । नयाँ खेल तालिका अनुसार प्रतियोगिता सोमबारबाट सुरु हुनेछ ।
डीपीएल आयोजना स्थल फाप्ला क्रिकेट मैदान हिलाम्मे भएको कारण आयोजकले सहभागी टोलीका कप्तान, प्रशिक्षक र अफिसियलसंगको छलफलपछि प्रतियोगिताका खेलहरु सारिएको जनाएको छ । प्रतियोगिताको उद्घाटन भने शनिबार नै हुने बताईएको छ ।
नयाँ तालिका अनुसार सोमबार दुई खेल हुनेछ । नयाँ तालिका अनुसार सोमबार काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच पहिलो खेल हुनेछ । यस्तै दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीच खेल हुनेछ ।
हेर्नुस नयाँ खेल तालिका :