काठमाडौं । विभागीय टिम एपीएफ मनकामना केबुलकार पोखरा कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । जापानको रिस्सो विश्वविद्यालयलाई पेनाल्टी सुटआउटमा हराउँदै एपीएफ प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा भएको थियो । जसमा एपीएफले ४–१ ले बाजी मा¥यो ।
एपीएफका तर्फबाट सुदिप सिख्राकार, आशिष लामा, राजिब लोप्चाङ, राजु नगर कोटीले गोल गरे ।
रिस्सोका लागि ताकुया हितोमीले मात्र गोल गरे । नात्सुकी ताकेदाको प्रहार गोलकिपर राजु योगीले बचाउ गरे भने ताउतो योसिनोको प्रहार पोस्ट बाहिर गयो ।
पोखरा कप खेल्न जापानको विश्वविद्यालयको टोली नेपाल आएको हो ।
एपीएफले उपाधिका लागि मनाङ र दाउफिन्सको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।