एनपीएलमा आज डबल हेडर

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार दुई महत्त्वपूर्ण खेल हुनेछन्।
लगातार हारसँग जुझिरहेको जनकपुर बोल्ट्सले पहिलो खेलमा चितवन राइनोजसँग भिड्दै जित खोज्ने प्रयास गर्नेछ। लिगमा अहिलेसम्म एक अंकसमेत जोड्न नसकेको जनकपुरका लागि आजको खेल प्रतिष्ठा जोगाउने अवसर मानिएको छ।
यो खेल त्रिवि क्रिकेट मैदानमा बिहान ११:४५ बजे सुरु हुनेछ।
उता चितवनलाई भने प्लेअफ आशा कायम राख्न जित अनिवार्य हुने छ। अंक तालिकामा पाँचौं स्थानमा रहेको चितवन यस खेलमा जित निकाल्दै शीर्ष चारको दौडमा बलियो पुनरागमन गर्ने योजनामा छ।
डबल हेडरअन्तर्गत दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। दुवै टोलीका लागि यो खेल ‘डु ओर डाइ’ जस्तै बनेको छ।
कर्णालीले पछिल्ला खेलमा लय फेला पार्न खोजिरहेको अवस्थामा पोखरा भने अस्थिर फर्मबाट उकासिन चाहन्छ।
आजका दुवै खेल लिग तालिकाको गणित र प्लेअफ तस्वीर दुवैलाई नयाँ मोड दिनेछन्।







-1764662383271.webp&w=3840&q=75)

-1764668485959.png&w=3840&q=75)


