एजेन्सी । दोश्रो टी-ट्वान्टी क्रिकेटमा भारतले घरेलु टोली न्युजिल्याण्डलाई पराजित गरेको छ । शुक्रबार भएको दोश्रो खेलमा भारतले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरेको हो ।
१ सय ५९ रनको लक्ष्य भारतले १८ ओभर ५ बलमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५० रन जोडे । शिखर धवनले ३०, विजय शंकरले १४ तथा ऋषव पन्त र महेन्द्र सिह धोनीले अविजित क्रमश ४० र २० रन बनाए ।
अकल्याण्डमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ८ विकेट गुमाएर १५८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कोलिन डि ग्यान्डहोमले ५० तथा रस टेलरले ४० रन बनाए ।
न्युजिल्याण्डलाई सस्तैमा समेट्न भारतका कुर्नाल पाण्डेयाले ३, खलिल अहमेदले २ तथा भुवनेस्वर कुमार र हार्दिक पाण्डेयाले समान १-१ विकेट लिन सफल भए ।
जितसंगै भारतले न्युजिल्याण्डविरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरी गरेको छ । अन्तिम तथा तेश्रो खेल १० तारिखमा हुनेछ । पहिले भएको टी-ट्वान्टी खेलमा न्युजिल्याण्डले भारतलाई ८० रनले हराएको थियो । घरेलु टोली न्युजिल्याण्डविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज भने भारतले ४-१ ले जितिसकेको छ ।