एजेन्सी । क्रिस्टियानो रोनाल्डोलाई पछि पर्दै बार्सिलोनाका स्टार लियोनल मेस्सी युरोपका सबै भन्दा धेरै तलब पाउने फुटबलर बनेका छन् । एक फ्रेन्च पत्रिकाले प्रकाशन गरेको बर्षको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सुचिमा रोनाल्डो भन्दा मेस्सी अगाडी देखिएका हुन् ।
उनले प्रति महिना तीन मिलियन पाउण्ड कमाउने देखिएको छ ।
सुचिमा प्रिमियर लिग, ला लिगा, सिरि ए, लिग वानका खेलाडीलाई समावेश गरिएको थियो । बुन्डेशलिगा खेल्ने खेलाडी भने शीर्ष दस भित्र अटाउन सकेनन् ।
बार्सिलोनाका मेस्सीले कर नतिर्दा ७ दशमलव ३ मिलीयन पाउण्ड लिने गर्छन् । युभेन्ट्ससंग यसै बर्ष जोडिएका रोनाल्डोले भने ४ दशमलब १ मिलियन पाउण्ड लिने गर्छन । रोनाल्डोको तलब मेस्सी भन्दा झन्डै आधा कम रहेको छ ।
मुख्य कुरा पेरिस सेन्ट जर्मेन पीएसजीका मुख्य खेलाडी नेयमार चौथो स्थानमा रहदा एट्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यान तेश्रो स्थानमा छन् । तेस्रो स्थानका ग्रिजम्यानले २ दशमलव ९ मिलियन पाउण्ड र चौथो स्थानका नेयमारले २ दशमलव ७ मिलियन पाउण्ड लिने गरेका छन् ।
बार्सिलोनाका अर्का खेलाडी लुईज सुआरेज २ दशमलव ५ मिलियन पाउण्ड सहित शीर्ष पाँचमा अटाए । छैठौं स्थानमा ग्यारेथ बेल, सातौ स्थानमा फिलिप काउटिन्हो रहेका छन् ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका खेलाडी एलेक्सिस सान्चेज आठौ स्थानमा रहदा केलियन एम्बाप्पे नवौ र मेसुट ओजिल दशौ स्थानमा छन् ।