एजेन्सी । खेलाडी स्थानान्तरणमा स्पेनिस क्लब निकै आक्रमक देखिएको छ । गत महिनामात्रै बार्सिलोनाले डच क्लब अजाक्सका २१ बर्षीय मिडफिल्डर फेर्नेको डे जोगलाइ ६५ मिलियन पाउन्डमा अनुबन्धन गरेको छ ।
खेलाडी सरुवा बजारमा बार्साको आक्रमकता क्लबका स्टार लियोनल मेस्सीमा केन्द्रित छ । क्लब यति बेला मेस्सीको खेल जिवन पछाडीको विकल्प खोजिरहेको छ । स्वयम बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ समेत यसलाई स्विकार गर्छन ।
उनले आफुहरु मेस्सी पछिको विकल्पको तयारीमा जुटेको बताउछन् । सन् २०२१ मा जोसेपले बार्सिलोनाको नेतृत्व छाड्नेछन् । तर उनी अहिले मेस्सीको विकल्पको तयारीमा जुटेका छन् ।
३१ बर्षका मेस्सीले बार्साका लागि ६ सय ६४ खेलमा ५ सय ८१ गोल गरेका छन् ।
'मलाई थाहा छ, मेस्सीले एक दिन सन्यासको घोषणा गर्नेछन् ।’ उनले भने, 'तर हामी क्लबको भविष्यको बिषयमा सोचिरहेका छौ ।’
बार्सिलोनासंग मेस्सीको अनुबन्धन अझै दुई बर्ष बाँकी छ ।
२५ पटकको लिग च्याम्पियन बार्सिलोनाले नयाँ खेलाडीको खोजीलाई तिव्रता दिएको छ । जसले बार्सिलोनालाई नयाँ युगमा प्रवेश गराउनेछ र मेस्सीको विरासतलाई थाम्नेछ ।
'हामीले निकै प्रतिभावान युवा खेलाडीलाई ल्याएका छौ । हामी हाम्रो विरासतलाई निरन्तरता दिन चाहन्छौ । यो हाम्रो जिम्मेवारी हो ।’ जोसेफले भने ।
'मेरो जिम्मेवारी दुई सिजन पछि सकिदै छ । म उच्च अवस्थामै क्लबलाई छाड्न आवश्यक छ ।’ उनले थपे ।
सन् २०१७ मा मेस्सीले आफु सपनाको नजिक रहेको बताएका थिए । बार्सासंग नयाँ सम्झौतामा हस्ताक्षर गर्दै उनले घरमै (अर्जेन्टिनामा) करियर अन्त्य गर्ने बताएका थिए ।
उनले ९ पटक ला लिगाको उपाधि जितेका छन् । जसमा चार च्याम्पियन्स लिग र ६ कोपा डेल रेको उपाधि समावेश छ ।