एजेन्सी । प्रहरीले दुर्घटनाग्रस्त विमानबाट फेला परेको शव कार्डिफ सिटीका खेलाडी एमिलियानो सालाको भएको पुष्टि गरेको छ । २८ बर्षका साला पाईलट डेविड इब्बोटसनसंग विमानमा कार्डिफको यात्रा गरिरहेका थिए । २१ जनवरीबाट उनी हराईरहेको थिए ।
बुधबार अबेर मात्र उनको शव फेला परेको थियो । प्रहरीका अनुसार बिहिबार रातिमात्र शवको पुष्टि भएको हो ।
अनुसन्धानमा संलग्न अधिकारीले शरिरलाई पोर्टल्याण्ड पोर्टमा ल्याईएको र परिक्षण गर्दा व्यवसायीक फुटबलर सालाको औपचारिक रुपमा पहिचान खुलेको बताएका छन् ।
गत सोमबार विमानमा शव देखिएको थियो । र निकै चुनौतीपुर्ण रुपमा अधिकारीले शवलाई प्राप्त गर्न सफल भएका बताएका छन् ।
ह्वाई दुर्घटना अनुसन्धान शाखाले सम्भव भए अनुसार शवलाई निकालिएको र सबै समय परिवारलाई जानकारी गराईएको बताएको छ ।
यता, सालाको पुर्व फ्रेन्च क्लब नान्टेसले कार्डिफसिटीसंग १५ मिलियन रकम भुक्तान गर्न माग गरेको छ । साला कीर्तिमान मुल्यमा कार्डिफ आएका थिए तर क्लबका लागि खेल्न पाएका थिएनन् ।