एजेन्सी । टोटेनहमको नयाँ रंगशाला तयार नहुदा आर्सनलसंग मार्च २ मा हुने खेल वेम्बलीमा हुने भएको छ । टोटनहमले सेप्टेम्बरसम्म नयाँ मैदानमा जाने सयम निर्धारण गरेको थियो । तर परियोजनाको निर्माण र सुरक्षा प्रणालीमा भएको ढिलाईले निर्धारित समयमा मैदान तयार नहुने भएको हो ।
क्लबले भर्खरै मात्र नयाँ रंगशालामा मार्चको अन्तिम समयसम्म कुनै खेल गर्न नसकिने प्रष्ट पारेको छ ।
'हाम्रो साथमा रहेकोमा सबैलाई धन्यवाद छ ।' क्लबका अध्यक्ष ड्यानियल लेवीले भने ।
'आगामी केही साता निर्णायक हुनेछ ।' उनले थपेका छन् ।
तालिका अनुसार घरेलु मैदानमा आर्सनलसंगको भिडन्त पछाडी टोटेनहमले क्रिस्टल प्यालेससंग जुन १७ मा प्रतिस्पर्धा गर्नेछ ।
आगामी साता एएफ कपको क्वार्टरफाईनलमा प्यालेस सहभागि हुने भएकाले तालिका परिवर्तन समेत हुन सक्नेछ ।
क्लबले भनेको छ, नयाँ रंगशालाको सुरक्षा प्रणालीमा काम सकिने अवस्था छ । त्यसपछि आगोको खोज र अलार्म सिस्टमको बिषयमा अन्तिम परिक्षण गर्नेछौ ।
नयाँ रंगशालाको क्षमता करिब ६२ हजार हुनेछ । प्रिमियर लिगको तेस्रो स्थानमा रहेको टोटेनहमले २०१६–१७ पछाडी वेम्वली रंगशालालाई उपयोग गरिरहेको छ ।