काठमाडौं । फिफा वरियतामा नेपाल १ सय ६१ औँ स्थानमा यथावत छ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनीक गरेको वरियतामा नेपाल यथावत रहेको हो ।
नेपाल भन्दा माथि रहेको दक्षिण एसियाली देशमा माल्दिभ्स १ सय ५२ औ स्थानमा छ । भारत ६ स्थान घटेर १ सय ३ औ स्थानमा छ । भर्खरै एसिया कप फुटबलमा समुह चरणबाटै बाहिरिएको भारत वरियतामा समेत तल झरेको हाे ।
नेपाल भन्दा तल रहेको भुटान १ सय ८६ औ, बंगलादेश १ सय ९२, पाकिस्तान १ सय ९९ र श्रीलंका २ सय स्थानमा यथावत छ ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो, ईङ्ल्याण्ड पाचौ स्थानमा यथावत छ । छैटौ स्थानमा पोर्चुगल, सातौ स्थानमा उरुग्वे, आठौ स्थानमा स्विटजरल्याण्ड, नवौ स्थानमा स्पेन र दशौँ स्थानमा डेनमार्क रहेको छ ।
एसिया कपको उपविजेता जापानले २३ स्थान फड्को मार्दै २७ औ स्थानमा उक्लिएको छ ।