काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटा गृहनगर कैलालीको टिकापुरमा नगदसहित सम्मानित भएका छन् ।
नेपाललाई पहिलो एकदिवसीय अन्तराष्ट्रिय र टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जिताउन सफल प्रशिक्षक टमटा बिहिबार नगदसहित सम्मानित भएका हुन् । प्रशिक्षक टमटालाई टिकापुर नगरपालिकाले ५१ हजार नगदसहित सम्मानित भएका हुन् ।
नेपाली क्रिकेटको विकास र नेपाली क्रिकेटले पाएको ऐतिहासिक सफलतामा मुख्य भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले प्रशिक्षक टमटालाई सम्मान गरेको हो ।
प्रशिक्षक टमटालाई टिकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावल, सुदुरपश्चिम प्रदेशका सदस्य डा राना बहादुर रावललगायतले सम्मानित गरे ।