काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगको विजेताले ८ लाख पाउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले भोली (शुक्रबार) सुरु हुने प्रतियोगिताको विजेताले ८ लाख पाउने बताएको हो ।
रेलिगेशन बिनाको 'बी' डिभिजन लिगमा १२ टिमले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमामा सञ्चालन हुनेछ । लिग निर्देशक सञ्जिव मिश्रका अनुसार 'बी' डिभिजन लिगमा उपविजेताले ५ लाख, तेस्रो हुनेले ३ लाख र चौथो हुने टिमले २ लाख पाउनेछन् ।
एन्फाले दुई समुहका अन्तिममा रहने टिमलाई १–१ ऋण अंक बोक्ने बताइएको छ । साथै अन्तिममा रहने टिमकाे तयारी खर्चबाट ५० हजार कटाउने संयोजक मिश्रको भनाई छ ।
एन्फाले बी डिभिजन क्लबलाई लिगको तयारी खर्च बापत ७–७ लाख रुपैयाँ दिएको छ ।
यस्तै विधागत तर्फका गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार प्राप्त गर्नेछन् ।
एन्फाले १२ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
एन्फाले निकालेको समूह विभाजन अनुसार समूह ’ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब रहेका छन् ।
यस्तै समुह ’बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन् । भोली हुने उद्घाटन खेलमा दिउँसो साँढे १२ बजे झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
हेर्नुस् खेल तालिका