एजेन्सी । घरेलु टोली न्युजिल्याण्डले पहिलो टी-ट्वान्टी क्रिकेटमा भारतलाई जितका लागि २२० रनको फराकिलो लक्ष्य दिएको छ ।
विलिङटनमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर २१९ रन बनाउन सक्यो ।
न्युजिल्याण्डका लागि टिम सेइफर्टले ८४ रनको अर्धशतकीय इनिङस खेले । यस्तै कोलिन मुन्रो र कप्तान केन विलियम्सनले समान ३४/३४ रन जोडे । त्यस्तै रोस टेलरले २३ रन बनाए ।
भारतका हार्दिक पाण्डयले २ विकेट लिए ।
घरेलु टोलीले भारतविरुद्ध तीन खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
घरेलु टोली न्युजिल्याण्डविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज भने भारतले ४-१ ले जितिसकेको छ ।