एजेन्सी । कोपो डेल रे फुटबलको सेमिफाईनलको पहिलो लेग खेल्न लागेको स्पेनिस महारथी बार्सिलोनाले लियोनल मेस्सीलाई अन्तिम समयसम्म पर्खने भएको छ । चोटका कारण मैदान बाहिर रहदै आएका मेस्सीलाई बार्सिलोनाले अन्तिम समयमा पर्खने भएको हो ।
मंगलबारको अभ्यास सत्रमा मेस्सी सहभागि भएपछि बार्सिलोनाले आफ्ना स्टार खेलाडीलाई कोपो डेल रेको सेमिफाईनल खेल्ने टोलीमा समावेश गरेको थियो । तर मेस्सी खेल्ने निर्णय भने अन्तिम समयमा लिने बार्सिलोनाले बताएको छ । गत हप्ता भ्यालेन्सियासंग २–२ गोलको बराबरी खेल्दा मेस्सीले चोट बोकेका थिए ।
बार्सिलोनाले कोपा डेल फुटबलको सेमिफाईनलको पहिलो लेगमा आज राति स्पेनिस महारथी रियल मड्रिडसंग प्रतिस्पर्धा गर्दैछ ।
‘यो सत्य हो, कुनै समय हामी दुविधामा हुन्छौ । त्यसैले हामी अन्तिम समयसम्म प्रतिक्षा गर्छौ ।’ बार्सिलोनाका प्रशिक्षक ईर्नेस्टो भल्भर्डेले थपे, ‘मेस्सीको बिषय समेत त्यही हो ।’
बुधबार घरेलु मैदान क्याम्प नाउमा बार्सिलोनाले पहिलो लेगको खेलमा रियल मड्रिडलाई आतिथ्यता प्रदान गर्दैछ ।
पुर्ण रुपमा फिट नभएका उसमान डेम्बेलेलाई बार्सिलोनलो टोली बाहिर राखेको छ । उनी अझै चोटबाट मुक्त हुन संघर्ष गरिरहेका छन् ।