एजेन्सी । इन्ग्लिश क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रिमियर लिगको उपाधि होडमा दुई भन्दा धेरै क्लबहरु रहेको बताएका छन् ।
प्रशिक्षक ग्वार्डिओलाले बीबीसीसंग कुरा गर्दै लिगमा अझै १३ खेल बाँकी रहेको कारण उपाधि होड खुल्ला रहेको र शीर्ष पाँच भित्र रहेका मध्ये सबै क्लबको उपाधि जित्ने सम्भावना उत्तिकै रहेको बताए ।
'त्यहाँ अझै ३९ अंकको लागि खेलिन्छ भने ९ र १० अंकले पछाडी पर्नु धेरै हैन्,' प्रशिक्षक ग्वार्डिओलाले भनेका छन् ।
लिगको २५ खेल सकिदा लिग लिडर लिभरपुलको ६१ अंक छ । लिभरपुल भन्दा ३ अंकले पछि पर्दै दोस्रो स्थानमा रहेको सिटीको ५९ अंक छ । यस्तै तेस्रो स्थानमा टोटेनहम, चौथो चेल्सी र पाँचौ स्थानमा म्यानचेस्टर युनाइटेड रहेको छ ।
तर, प्रशिक्षक ग्वार्डिओलाले शीर्ष दुई क्लब लिभरपुल र सिटीसंगै टोटेनहम, चेल्सी र म्यान्चेस्टर युनाइटेडको पनि उपाधि होड बाँकी रहेको दाबी गरे ।
'टोटेनहम उपाधि दाबेदार छैन् भनेर म कहिल्लै भन्दिन । युनाइटेडले हरेक हप्ता जित निकालिरहेको छ,' प्रशिक्षक ग्वार्डिओलाले भने, 'हामी तालिकाको शीर्ष दुई वा तेस्रोलाई हेर्छौ र हामीले त्यसभन्दा बाहेक हेर्दैनौ । चेल्सीले समेत जितिरहेको छ । चेल्सी पनि दाबेदार हो ।'