काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिगको तयारीमा रहेको सातदोबाटो युथ क्लबलाई प्रिमियर इन्टरनेसनल स्कुलले प्रायोजन गरेको छ ।
बिहिबारबाट सुरु हुने 'बी' डिभिजनको तयारी गरिरहेको सातदोबाटो युथलाई प्रिमियरले खेल पोशाक प्रायोजन गरेको हो ।प्रिमियरले खेलाडी र अफिसियलका लागि ३७ जोर ट्रयाक सुट प्रायोजन गरेको क्लबका महासचिब सुनील बिष्टले जानकारी गराए ।
मंगलबार आयोजित एक कार्यक्रममा प्रिमियर स्कुलका अध्यक्ष बसन्त थापाले क्लबका अध्यक्ष कपिल राना मगरलाई खेल पोशाक हस्तान्तरण गरेका थिए ।
माघ २५ बाट सुरु हुने 'बी' डिभिजन लिगमा १२ क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । यस पटकको लिगमा घटुवा बढुवा हुने छैनन् ।
एन्फाले १२ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । एन्फाले निकालेको समूह विभाजन अनुसार समूह 'ए' मा झम्सिखेल युवा क्लब, आरसिटी , श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब,बोइज युनियन क्लब रहेका छन् ।
समूह 'बी' टुसाल, पुल्चोक, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन् ।