काठमाडौं । सरकारले राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई जनही ५ लाख दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युएईमा सम्पन्न एकदिवसीय र टी–ट्वान्टी सिरिज विजेता नेपाली टिमका प्रत्येक सदस्यलाई जनही ५ लाख रुपैया दिने निर्णय गरेको हो ।
नेपालले एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाएपछि पहिला पटक एकदिवसीय र टी–ट्वान्टी सिरिज जितेको थियो । युएईमा भएको तीन म्याचको एकदिवसीय र टी–ट्वान्टी सिरिज नेपालले समान २–१ ले हात पारेको थियो ।
नेपाली टिम हिजो (सोमबार) स्वदेश फर्किएको थियो ।
राष्ट्रिय खेलकुद परिषद राखेपले समेत सोमबारनै पत्र लेख्दै क्रिकेटरलाई जनही ५ लाख दिन सरकारलाई सिफारिस गरेको थियो । तर बेलुका बसेको मन्त्रीपरिषद बैठकले खेलाडीको सम्मानमा जनही ५ लाख दिने निर्णय गरेको हो ।