झापा । नेपाली राष्ट्रिय महिला फुटबल टिम भारत प्रस्थान गरेको छ । झापामा पाँच दिन ‘क्लोज क्याम्प’ सकाएर नेपाली टिम मंगलबार भारतको भुवनेश्वर प्रस्थान गरेको हो ।
हिरो महिला गोल्डकप प्रतियोगिताका लागि महिला टिमले झापाको चन्द्रगढीस्थित मेची रंगशालामा ५ दिने क्लोज क्याम्प गरेका थियो । प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिता माघ २३ देखि फागुन ५ गतेसम्म आयोजना हुनेछ । नेपालले पहिलो खेल माघ २६ गते म्यानमारसंग खेल्नेछ । यस्तै दोस्रो खेलमा माघ २८ गते भारतसंग खेल्नेछ ।
त्यस्तै नेपालले तेस्रो खेल फागुन १ गते ईरानसंग खेल्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली फाईनल पुग्नेछन् । फाईनल खेल फागुन ३ गते हुनेछ ।
आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले प्रतियोगितालाई ओलम्पिक छनोटको तयारीको रुपमा समेत लिएको छ ।
नेपाली टोलीलाई झापा जिल्ला फुटबल संघले मंगलबार नै विदाई गरेको थियो ।
नेपाली टिम :
गोलकिपर : एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ ।
डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मन माया लिम्वु ।
मिडफिल्डर :विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी ।
स्ट्राइकर : अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी, अनिता के सी ।