काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिगको तयारीमा रहेको ब्वाइज युनियन क्लबलाई डिभाइन वाइनले प्रायोजन गरेको छ ।
ब्वाइज युनियनलाई १ बर्षको लागि महाकाली वाइन प्रालिको डिभाइनले मुख्य प्रायोजन गरेको हो । महाकालीका प्रबन्ध निर्देशक सन्तोष खड्का र क्लबका अध्यक्ष निरज बहादुर राउतले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै वाइनले क्लबलाई १० लाख नगद उपलब्ध गराएको छ । यस्तै क्लबले डिभाइन ब्वाइज युनियन क्लबको नामबाट प्रतियोगिता खेल्नेछ । माघ २५ गतेबाट सुरु हुने 'बी' डिभिजन लिगमा क्लबले डिभाइन ब्वाइज युनियनको नामबाट प्रतिस्पर्धा गर्नेछ ।
सम्झौतापछि बोल्दै वाइनका ब्रान्ड म्यानेजर संजु शाक्यले क्लबलाई सहयोग गर्न पाउदा खुसि लागेको र यस सहयोगले नेपाली फुटबलको बिकासमा सहयोग पुग्ने बताईन ।
यस्तै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नै मैदान र क्लब भवन भएको ब्वाइजले सफलता हात पार्नेमा ढुक्क रहेको बताए । उनले क्लबलाई सहयोग गर्ने समेत जानकारी गराए ।