झापाविरुद्ध संकटाको फराकिलो जित
मंगलबार, भदौ ३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। सुक्रिया मियाको दुई गोलसँगै सकंटा क्लबले एन्फा महिला लिग छनोटमा झापा एफसीविरुद्ध फराकिलो जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न समूह ‘बी’ को खेलमा संकटा ४–० ले विजयी भएको हो।
लगातार दोस्रो जितसँगै संकटा ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट तीन अंकका साथ झापा दोस्रो स्थानमा छ।
संकटालाई जित दिलाउन सुक्रियाबाहेक प्रतीक्षा राई र रेनिशा शर्माले गोल गरे।











-1762856022963.jpg&w=3840&q=75)

