लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
सोमबार, भदौ २, २०८२खेलपाटी संवाददाता

सडबरी। ल्होत्से भकुन्डो क्लबले दोस्रो पटक खुकुरी कप नेपालीज ७ ए साइड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ।
रोमाञ्चक फाइनल खेलमा ल्होत्सेले टप एफसीलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो। खुकुरी नेपालीज स्पोर्ट्स एन्ड कल्चर क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा ल्होत्सेका नवीन लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे।
टप एफसीतर्फ मनोज घलेले एक मात्र गोल फर्काए। प्रतियोगितामा ल्होत्से भकुन्डो क्लबका मिकमार लामा उत्कृष्ट गोलरक्षक घोषित भए। सोही क्लबका अनिष थापाले गोल्डेन बुट जित्न सफल भए। टप एफसीका मनोज घलेलाई भने उत्कृष्ट खेलाडी घोषित भए।












-1762856022963.jpg&w=3840&q=75)
