एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड निकालेको छ । आइतबार भएको खेलमा युनाइटेडले लेष्टर सिटीलाई १-० गोल अन्तरले हराएको हो ।
लेष्टरको मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कुस राष्फोर्डले निर्णायक गोल गरे । पहिलो हाफको नवौं मिनेटमा राष्फोर्डले गरेको गोल युनाइटेडको जितमा निर्णायक बनेको हो ।
बल पोजिसनमा युनाइटेडले पकड बनाएपनि खेलमा घरेलु टोलीले केहि उत्कृष्ट गोलको मौकाहरु गुमाएको थियो । जसको कारण घरेलु मैदानमा लेष्टरले हारको सामना गर्यो ।
जितसंगै युनाइटेड लिगको पाँचौ स्थानमा उक्लिएको छ । युनाइटेडले आर्सनललाई पछि पार्दै पाँचौ स्थान ओगटेको हो । युनाइटेडले २५ खेलबाट ४८ अंक जोडेको छ । आर्सनलको ४७ अंक छ ।
युनाइटेड शीर्ष स्थानको लिभरपुल भन्दा १३ अंकले पछि छ । पराजित लेष्टर ३२ अंक जोडेर ११ औं स्थानमा छ ।