३९ खेलाडीलाई छनोटमा बोलाइयो

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक म्याट रसले कप्तान तथा गोलकिपर किरण चेम्जोङसहित मुख्य खेलाडीलाई बाहिर राख्दै प्रारम्भिक छनोटका लागि ३९ खेलाडी प्रशिक्षणमा बोलाएका छन्।
उनले शुक्रबार बंगलादेश हुने मैत्रीपूर्ण खेलका लागि यी खेलाडीलाई छनोटमा बोलाएका हुन्। तर, कप्तान किरणसँगै डिफेन्सिभ मिडफिल्डर रोहित चन्द र फरवार्ड अञ्जन विष्टसहित मुख्य खेलाडीलाई छनोटमा बोलाएका छैनन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार छनोट कार्यक्रम साउन २५ देखि २७ गते एन्फा कम्प्लेक्स, सातदोबाटोमा सञ्चालन हुनेछ।
छनोट भएका खेलाडीलाई नेपाल राष्ट्रिय टिमको प्रारम्भिक टोलीमा समावेश गरिनेछ। त्यतिखेर मुख्य खेलाडीसँग छनोट भएर आएका खेलाडीलाई प्रारम्भिक छनोटमा राखिने छ। नेपालले ६ र ९ सेप्टेम्बर २०२५ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने छ।














