अभिषेक बंगलादेशी क्लबमा अनुबन्ध
शुक्रबार, साउन २४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टिमका डिफेन्डर अभिषेक लिम्बूले बंगलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन्।
उनलाई रहमतगञ्ज एमएफएसले अनुबन्ध गरेको हो। आगामी २०२५ बंगलादेश प्रिमियर लिग सिजनका लागि उनले क्लबमा प्रवेश पक्का गरेका हुन्।
यो स्थानान्तरण बंगलादेश फुटबल महासंघ (बीएफएफ) को नयाँ निर्णयपछि सम्भव भएको हो। महासंघले हालै मात्र साफ क्षेत्रका खेलाडीहरूलाई विदेशी कोटामा नराखी स्थानीय खेलाडीकै रूपमा गन्ने नीति लागू गरेको छ। यस कदमले बंगलादेश लिगमा नेपाली खेलाडीहरूका लागि अवसर थप खुल्ने संकेत देखिएको छ।
यसअघि यो क्लबबाट गणेश थापा, बसन्त थापा र उपेन्द्रमान सिंहले खेलेका थिए।













