काठमाडौं । थ्री स्टार क्लबलाई पराजित गर्दै विभागीय टिम एपीएफ मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगिता सेमिफाईनलमा प्रवेश गरेको छ ।
आईतबार पोखरा रंगशालामा भएको खेलमा एपीएफले थ्री स्टारलाई १–० ले स्तब्ध बनायो । एपीएफको जितमा सन्तोष श्रेष्ठले खेलको पहिलो मिनेटमै बिजयी गोल गरे ।
बारामा सिमरा गोल्डकप जितेपछि मोफसलका अन्य प्रतियोगितामा थ्री स्टारले सफलता हासिल गर्न सकेको छैन । खप्तड गोल्डकपमा समेत थ्री स्टार उपविजेतामा सिमित बनेको थियो ।
मोफसलका प्रतियोगितामा फाईनल पुग्न असफल एपीएफले पोखरा कपमा बलियो दाबेदारीता प्रस्तुत गरेको छ । प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।