काठमाडौं । नेपालले अहिले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपालले दिएको १०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको युएईले चौथो विकेट गुमाएको छ ।
नेपालका करण केसीले युएईका शाइमन अनवरलाई ३० रनमा आउट गरे ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले पुरै १० ओभर खेल्दै ८ विकेट गुमाएर १०४ रन बनाएको थियो ।