काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध अन्तिम तथा तेस्रो टी-ट्वान्टी खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
बर्षा र हावाहुरीले गर्दा नेपाल र युएईबीचको खेल ढिला सुरु हुन लागेको हो । खेल १० ओभरको हुनेछ ।