काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले खराब प्रदर्शन कायम राखेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटको रुपमा दिपेन्द्र सिंह ऐरीलाई गुमाएको हो । दिपेन्द्र २ रन बनाएर आउट भए ।
४ ओभर सकिदा नेपालले ३ विकेट गुमाएर ३१ रन बनाएको छ ।
बर्षा र हावाहुरीको कारण ढिला सुरु भएको खेल १० ओभरको हुनेछ ।
नेपाल र घरेलु टोलीबीचको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को अवस्थामा छ । अन्तिम खेल जित्दै नेपाल पहिलो टी-ट्वान्टी सिरिज जित्न चाहन्छ । यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २-१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।