काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले खराब सुरुवात कायम राखेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । ज्ञानेन्द्र युएईका जाहोर खानको बलमा ११ रन बनाएर आउट भए ।
३ ओभरमा नेपालले २ विकेट गुमाएर १९ रन बनाएको छ ।
बर्षा र हावाहुरीको कारण ढिला सुरु भएको खेल १० ओभरको हुनेछ ।
नेपाल र घरेलु टोलीबीचको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को अवस्थामा छ । अन्तिम खेल जित्दै नेपाल पहिलो टी-ट्वान्टी सिरिज जित्न चाहन्छ । यसअघि नेपालले तीन खेलको एकदिवसीय सिरिज २-१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।