काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको अन्तिम तथा तेस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालले ओपनर पवन सर्राफलाई गुमाएको हो । पवन युएईका कप्तान मोहमद नाभिदको बलमा डक आउट भए ।
पहिलो ओभरमा नेपालले १ विकेट गुमाएर रन जोड्न सकेको छैन् ।