एजेन्सी । घरेलु टोली न्युजिल्याण्डविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले ४-१ ले जितेको छ ।
आइतबार भएको पाँचौ तथा अन्तिम एकदिवसीयमा न्युजिल्याण्डलाई ३५ रनले हराउँदै भारतले सिरिज आफ्नो बनाएको हो ।
विलिङटनमा भारतले दिएको २५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्ड ४४ ओभर १ बलमा अलआउट हुँदै २१७ रनमा समेटियो । न्युजिल्याण्डका लागि जेम्स निशंमले ४४ तथा कप्तान केन विलियमसनले ३९ रन बनाए ।
यस्तै टम लाथमले ३७ रन जोडे । भारतका युजभेन्द्र चाहलले ३ तथा मोहमद शामी र हार्दिक पाण्डयले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर ५ बलमा अलआउट हुँदै २५२ रन बनाएको थियो । भारतका लागि अम्बाती रायडुले सर्वाधिक ९० रन जोडे । यस्तै विजय शंकर र हार्दिक पाण्डयले समान ४५/४५ रन जोड्यो ।
न्युजिल्याण्डका लागि माट हेनरीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए ।
अब भारत र न्युजिल्याण्डले ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।