शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन

सोमबार, साउन ६, २०८२खेलपाटी संवाददाता
पूर्णिमा र मीनाको ‘क्लास’ प्रदर्शन
Classic Tech Internet Ad

काठमाडौं। बंगलादेशको ढाकामा जारी साफ यु–२० च्याम्पियनसिप २०२५ को संस्करणले एक पटक फेरि स्पष्ट पारेको छ– दक्षिण एसियाको महिला फुटबलमा अहिले नेपालको ‘फिनिशिङ’ नै फरक स्तरमा पुगेको छ।

प्रतियोगिताका कुल १० खेलमा हालसम्म ६२ गोल भइसकेका छन्। तीमध्ये नेपालकै खातामा परेका छन् २९ गोल। यो गोलसंख्या झन्ड‌ै आधा हो। नेपालले कुनैपनि प्रतिद्वन्द्वीलाई ‘क्लास’ देखाउने शैलीमा खेलेको छ। फुटबल मैदानमा स्कोरबोर्डको लय नेपाली खेलाडीद्वय पूर्णिमा राई र मीना देउवाको तालमा नाचिरहेको छ।

स्ट्राइकर पूर्णिमा यो साख चम्काउने यात्राकी प्रणेता बनेकी छन्। प्रतियोगिताभर दुई ह्याट्रिकसहित १० गोल पुर्‍याएकी उनी अहिले साफ इतिहासमै उमेर समूहको एउटै संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन्।

उनको गोलको लयलाई सघाइरहेकी छन्, नेपालकै फरवार्ड मीना। उनले दुई ह्याट्रिकसहित ७ गोल गर्दै सशक्त प्रतिस्पर्धा गरिरहेकी छन्। यी दुईको जोडीले विपक्षीका गोलरक्षकलाई प्रायः दर्शक बनाइरहेको छ।

यी दुईबाहेक समीक्षा मगर र कुशुम खतिवडा समान तीन–तीन गोलसहित मिडफिल्डबाट स्कोर्ड कार्डमा संख्या थपिरहेका छन्। सेनु परियार र सरिता नाथको योगदान पनि दुई–दुई गोलमा देखिएको छ भने अनिशा राई र विर्सना चौधरीले गोल स्कोरिङको सूचीमा नाम लेखाइसकेका छन्।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ भन्छन्,‘अहिले नेपाली टोलीको को स्ट्राइकर हो, को फरवार्ड हो वा को मिडफिल्डर हो? विपक्षीले छुट्टाउन नै सकेको छैन। जसले पनि गोल गरिरहेको छ।’

नेपालको यही आक्रामक प्रवृत्तिले सन् २०१८ मा भुटानमा बनेको कीर्तिमान ध्वस्त पार्ने संकेत दिइरहेको छ, जहाँ कुल ६५ गोल भएका थिए।

बंगलादेशकी फरवार्ड मोसममत सिरात जहान शोपनाले चाङ्लिमिथाङ रंगशालामा सर्वाधिक ८ गोलको कीर्तिमानी बनाएकी थिइन्। अब त्यो कीर्तिमान पूर्णिमाको नाममा सरिसकेको छ।

सन् २०१९, २०२१ र २०२३ का संस्करणहरूमा क्रमशः ४४, २४ र ३२ गोल मात्रै भएका थिए। ती सबै संस्करणको औसत गोल दर ४ देखि ४.५७ मा सीमित थियो।

तर, यो संस्करणले फेरि एउटा नयाँ रफ्तार देखाएको छ। प्रति खेल औसत गोलसंख्या ६.२ मा पुगिसकेको छ, त्यो पनि नेपालकै मुख्य दबदबासहित।

नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्न बाँकी छ। त्यो खेल नतिजा मात्रै होइन, इतिहास लेख्ने अवसर पनि हुनेछ। पूर्णिमा १० र मीना ७ गोलबाट माथि उक्लिइन् भने नेपालले यो उमेर समूहमा पहिलोपल्ट उपाधि उचाल्दै इतिहास रच्ने छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

Bajaj Pulsar Motorcycle Ad
अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राष्ट्रिय लिगमा छनोट भइसकेको लालीगुराँस रोकियो

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

 चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट

चित्लाङ एन्फा राष्ट्रिय लिगमा छनोट