काठमाडौं । भारतको गुवाहाटीमा हुने डा.ता आओ स्मृति यू-२१ फुटबल च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले भारतको गुवाहाटीमा हुने प्रतियोगितामा नेपालको २१ बर्ष मुनिको टोली पठाउने निर्णय गरेको हो । प्रतियोगितामा नेपाल सहित भारत, भुटान र बंगलादेशको टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता फेब्रुअरी २० गतेबाट सुरु हुने एन्फाका प्रवक्ता किरण राईले खेलपाटीलाई बताए । ‘नेपालबाट एन्फा एकेडेमीको खेलाडीले सहभागिता जनाउनेछन् ।’ प्रवक्ता राईले भने ।
डा तालिमिरान आओ फुटबलमा गरेको योगदानको स्मृतिमा प्रत्येक बर्ष प्रतियोगिता आयोजना हुँदै आएको छ ।
डा आओ भारतीय फुटबल टिमका पहिलो कप्तान समेत हुन् । उनैको नेतृत्वमा भारतले १९४८ मा समर ओलम्पिक खेलेको थियो ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अरुणाञ्चल फुटबल संघको आयोजना गर्दै आएको छ ।