एजेन्सी । घरेलु टोली न्युजिल्याण्डलाई पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतले जितका लागि २५३ रनको लक्ष्य दिएको छ ।
विलिङटनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर ५ बलमा अलआउट हुँदै २५२ रन जोड्दै घरेलु टोलीलाई मध्यम लक्ष्य दिएको हो ।
भारतका लागि अम्बाती रायडुले सर्वाधिक ९० रन जोडे । यस्तै विजय शंकर र हार्दिक पाण्डयले समान ४५/४५ रन जोड्यो ।
न्युजिल्याण्डका लागि माट हेनरीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिए ।
न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले ५ खेलको सिरिज भने जितिसकेको छ । भारतले सुरुवाती ३ खेल जित्दै सिरिज आफ्नो बनाएको हो । सिरिजमा भारतले ३-१ को अग्रता बनाएको छ ।